सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

१९ कार्तिक, २०८३
सारांश
  • आज दिउँसो २ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बैठक बस्न लागेको हो ।

काठमाण्डौ, १९ कार्त्तिक । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।

 

आज दिउँसो २ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बैठक बस्न लागेको हो ।

 

बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध प्राप्त उजुरी खोल्ने र सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै, प्रस्तावित न्यायाधीशहरूको सुनुवाइसम्बन्धी कार्यतालिका पारित गर्ने र उनीहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यक्रम पनि रहेको समितिले जानकारी दिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार