सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चाबीच सौरभ राज पन्तको टिप्पणी : ‘हिरासतले नेताको व्यक्तित्व झन् निर्माण गर्छ, सरकारको होइन !’
१९ कार्तिक, २०८३
- पन्तले इतिहासको उदाहरण दिँदै राजा महेन्द्रले बीपी कोइरालालाई सुन्दरीजलमा बन्दी बनाएको घटनाले बीपीको राजनीतिक व्यक्तित्व, विचार र योगदानलाई थप स्थापित गर्न भूमिका खेलेको स्मरण गराए ।
काठमाण्डौ, १९ कार्त्तिक । नेपाली कांग्रेसका सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चाबीच ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले ठोस आधार र प्रमाणबिना सरकारले गर्ने धरपकड तथा हिरासतको कदमले सम्बन्धित नेताको व्यक्तित्व कमजोर बनाउनुको सट्टा झन् स्थापित गर्न सक्ने टिप्पणी गरेका छन् ।
पन्तले इतिहासको उदाहरण दिँदै राजा महेन्द्रले बीपी कोइरालालाई सुन्दरीजलमा बन्दी बनाएको घटनाले बीपीको राजनीतिक व्यक्तित्व, विचार र योगदानलाई थप स्थापित गर्न भूमिका खेलेको स्मरण गराए । उनले भने, ‘हिरासतले नेताको व्यक्तित्व झन् निर्माण गर्छ, सरकारको होइन ।’
उनका अनुसार अहिले सामाजिक सञ्जालमा लाइक, भ्युज र चर्चाको प्रतिस्पर्धा चलिरहेको समयमा सरकार पनि त्यही मनोविज्ञानबाट प्रभावित भएर कसलाई पक्राउ गर्दा आफ्नो चर्चा बढ्छ भन्ने सोचमा केन्द्रित हुनु उचित होइन । राज्यले लोकप्रियता र प्रचारभन्दा माथि उठेर कानुनी आधार, प्रमाण र विधिको शासनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
पन्तले गगन थापा, बालेन शाह र रवि लामिछानेबीचका राजनीतिक तथा नीतिगत मतभेदलाई व्यक्तिगत तुस्सल र शक्ति संघर्षका रूपमा मात्र अघि बढाउँदा मुलुकको दीर्घकालीन हित प्रभावित हुन सक्ने बताए । उनका अनुसार केही महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा व्यापक राष्ट्रिय सहमति निर्माण नगरी देशलाई अगाडि बढाउन कठिन हुन्छ ।
‘व्यक्तिगत टकराव, राष्ट्र निर्माण र राजनीति फरक विषय हुन् । नेतृत्वले यी तीनवटाबीचको भिन्नता बुझ्न सक्नुपर्छ । राजनीतिक प्रतिस्पर्धा आफ्नो ठाउँमा छ, तर राष्ट्रिय हितका विषयमा सहकार्य र सहमति आवश्यक हुन्छ,’ पन्तको भनाइ छ ।
उनले ‘एआईको युगमा नेपाल’ अभियानले यस्ता महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा राजनीतिक दल, नेतृत्व, नागरिक समाज, युवा पुस्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाबीच संवाद र राष्ट्रिय सहमति निर्माणका लागि रचनात्मक भूमिका खेल्न सक्ने पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चाबीच सौरभ राज पन्तको टिप्पणी : ‘हिरासतले नेताको व्यक्तित्व झन् निर्माण गर्छ, सरकारको होइन !’
-
सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
विदेशी मुद्राको सटहीदर: २०८३ कार्त्तिक १९ बिहीबार
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १९ गते विहिबार
-
न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।