अभियान संयोजक पन्तको टिप्पणीः “भारतसंग डिल गर्न फेसबुकबाजी होइन, कूटनीतिक चालबाजी चाहिन्छ ।”
१८ कार्तिक, २०८३
- पन्तले भने, “हाम्रो पक्षबाट पर्याप्त तयारी हुनुपर्छ । त्यसका लागि अन्तरमन्त्रालय समन्वय र राजनीतिक नेतृत्वको प्रतिबद्धता आवश्यक छ।
‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने नेपाल भ्रमणका सन्दर्भमा नेपालले भारतसँग करिब दुई अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक सहायता माग गरेको विषयमा आफ्नो धारणा राख्दै वार्ताका लागि नेपालले पर्याप्त तयारी गर्नुपर्ने बताएका छन्।
पन्तले भने, “हाम्रो पक्षबाट पर्याप्त तयारी हुनुपर्छ । त्यसका लागि अन्तरमन्त्रालय समन्वय र राजनीतिक नेतृत्वको प्रतिबद्धता आवश्यक छ। अन्यथा कूटनीतिक वार्तामा हामी फेरि कमजोर साबित हुन सक्छौँ र कालान्तरमा हामीलाई विदेशीले गफाडी भन्दा बढी केही भन्दैनन् ।
पन्तले भारत, नेपालको भान्सासम्म प्रत्यक्ष प्रभाव पार्न सक्ने देश भएको उल्लेख गर्दै भने, “भारत यस्तो देश हो, जसले हरेक नेपालीको भान्सामा नुनदेखि तिउन् सम्म प्रहार गर्न सक्छ । त्यसैले डिल गर्न फेसबुकबाजी होइन, कूटनीतिक चलाखी चाहिन्छ।”
भारतसँगको वार्तामा केवल सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालको बहस पर्याप्त नहुने भन्दै पन्तले राष्ट्रिय हितलाई केन्द्रमा राखेर व्यवहारिक कूटनीतिक रणनीति अपनाउनुपर्नेमा जोड दिए।
उनका अनुसार भारतसँग कसरी संवाद र सहकार्य गर्ने भन्ने विषयमा नेपालमा बृहत् साझा धारणा आवश्यक छ। यसका लागि राजनीतिक दल, सरकार, कूटनीतिक क्षेत्र, विज्ञ तथा अन्य सरोकारवालाबीच साझा समझदारी निर्माण गर्नुपर्ने उनको भनाइ छ।
पन्तले ‘एआईको युगमा नेपाल’ अभियानले सबै पक्षलाई एउटै मञ्चमा ल्याएर राष्ट्रिय हित, सार्वभौमिकता र दीर्घकालीन समृद्धिका विषयमा बृहत् राष्ट्रिय सहमति निर्माण गर्न सहजीकरण गर्न सक्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
-
ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता
-
अभियान संयोजक पन्तको टिप्पणीः “भारतसंग डिल गर्न फेसबुकबाजी होइन, कूटनीतिक चालबाजी चाहिन्छ ।”
-
भारतीय विदेश सचिवसँग बालेनको भेट, कूटनीतिक प्रोटोकल फेरियो
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।