- कार्की निकट एक कानुन व्यवसायीका अनुसार बहालवाला प्रहरी कर्मचारीलाई उचित आधारबिना जिम्मेवारीबाट हटाउनु प्रहरी ऐनविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्न लागिएको हो ।
काठमाडौं : बुधबार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा छन् ।
कार्की निकट एक कानुन व्यवसायीका अनुसार बहालवाला प्रहरी कर्मचारीलाई उचित आधारबिना जिम्मेवारीबाट हटाउनु प्रहरी ऐनविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्न लागिएको हो ।
रिटमा प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ मा रहेको व्यवस्थाअनुसार कार्कीलाई पदबाट हटाउने आधार नरहेको जिकिर गरिएको छ । प्रहरी महानिरीक्षकको सेवा अवधि, पदावधि र उमेर हदसम्बन्धी प्रावधानले समेत उनलाई तत्काल पदमुक्त गर्न नमिल्ने दाबी रिटमा गरिने बताइएको छ ।
कार्की २०५४ चैत १८ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नियमावलीअनुसार महानिरीक्षकको सेवा अवधि ३० वर्ष र उमेर हद ५८ वर्ष रहेको छ । २०२९ साउन १५ गते जन्मिएका कार्की हाल ५४ वर्षका छन् । महानिरीक्षकको कार्यकाल चार वर्ष तोकिएको छ भने उनी आईजीपी नियुक्त भएको आगामी कात्तिक २७ गते एक वर्ष पुग्नेछ ।
कार्कीको पक्षबाट सर्वोच्चमा हुने बहसका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र गोविन्द बन्दीसहितका कानुन व्यवसायी सहभागी हुने तयारी रहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ग्यास सिलिन्डरको तौल परिवर्तन गर्न उद्योगीले मागे दुई वर्ष
-
सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा
-
प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता
-
राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै
-
गगन थापाको पक्राउबारे राणाको चेतावनी– ‘कांग्रेस चुप लागेर बस्दैन’
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।