बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

२६ असोज, २०८३
सारांश
  • गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

 

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत आयोजना हुने बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुने बताइएको छ ।

 

बैठकमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरूको सहभागिता रहनेछ । बिमस्टेक सदस्य राष्ट्रबीच क्षेत्रीय सहकार्य तथा साझा चासोका विषयमा छलफल गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

 

आज बैठकमा उच्चस्तरीय अधिकारीको भेटवार्ता हुने छ भने मंगलबार मन्त्रिस्तरीय बैठक हुने तालिका रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार