२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १३१ जना घाइते

२६ असोज, २०८३
सारांश
  • पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३१ जना घाइते भएका छन् ।

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३१ जना घाइते भएका छन् । 

 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जना, कोशी प्रदेशमा २ जना तथा मधेश प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

 

त्यस्तै देशभर भएका दुर्घटनामा १३१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३८ जना घाइते भएका छन् भने कोशीमा १८ जना, काठमाडौँ उपत्यकामा १४ जना, सुदूरपश्चिममा ७ जना, बागमतीमा ७ जना घाइते भएका छन् भने लुम्बिनीमा २७ जना, कर्णालीमा ९ जना र गण्डकीमा ११ जना घाइते भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार