सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान

२६ असोज, २०८३
सारांश
  • संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।


काठमाडौं :  संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

 

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
 

सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक ९ गते सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिइएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिएका छन् ।

 

असोज २० गते बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार