महामन्त्रीमा हारेपछि डा. सुनिल शर्माले भने- पार्टी रूपान्तरणको अभियान जारी रहनेछ
२६ असोज, २०८३
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महामन्त्री पदमा पराजित भएपछि डा. सुनिल शर्माले पार्टी रूपान्तरण र जनसेवाको अभियान निरन्तर जारी राख्ने बताएका छन् ।
काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महामन्त्री पदमा पराजित भएपछि डा. सुनिल शर्माले पार्टी रूपान्तरण र जनसेवाको अभियान निरन्तर जारी राख्ने बताएका छन् ।
शर्माले आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने आकांक्षामा मात्र सीमित नभई कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने सङ्कल्प भएको बताएका छन् । उनले बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य मान्यता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता पनि दोहोर्याएका छन् ।
उनले आफूलाई विश्वास गरेर अमूल्य मत दिने देशविदेशबाट आएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् ।
आफ्नो चुनावी अभियानमा सक्रिय रूपमा खटिएका अग्रज, साथी, सहयात्री र शुभेच्छुकलाई पनि उनले धन्यवाद दिएका छन् ।
निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको सङ्कल्प कमजोर नबनाएको उल्लेख गर्दै शर्माले यसबाट अझ परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रेरणा मिलेको बताएका छन् ।
पदमा रहे पनि नरहे पनि दुर्गम क्षेत्रका नागरिकको सेवामा समर्पित रहने बताउँदै उनले कांग्रेसभित्र सकारात्मक परिवर्तन, सङ्गठन सुदृढीकरण र जनउत्तरदायी राजनीतिक संस्कार स्थापना गर्ने प्रयास निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शर्माले चुनावी प्रतिस्पर्धामा सहभागी सबै नेता, निर्वाचित पदाधिकारी तथा पार्टीका कार्यकर्ताप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि उनीहरूसँगै रहेर पार्टी र जनताको हितमा काम गर्ने बताएका छन् । उनले जनताको सेवा र देशको समुन्नतिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान
-
पृथ्वी राजमार्ग आजराति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द हुने
-
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलमर्मतपछि आजदेखि सञ्चालन
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’