काँग्रेसमा विनोद चौधरीको विजयप्रति सूर्य थापाको टिप्पणी

२६ असोज, २०८३
सारांश
  • नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसको उपसभापति पदमा विनोद चौधरी विजयी भएपछि टिप्पणी गर्दै समावेशिताको विषयमा प्रश्न गरेका छन् ।

काठमाडौँ : नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसको उपसभापति पदमा विनोद चौधरी विजयी भएपछि टिप्पणी गर्दै समावेशिताको विषयमा प्रश्न गरेका छन् । 

 

थापाले कांग्रेसको महामन्त्री पदमा पराजित गुरु घिमिरे र उपसभापति पदका उम्मेदवार जीवन परियारको पराजय तथा विनोद चौधरीको विजयले पार्टीभित्रको अवस्थाबारे प्रश्न उठाएको बताएका हुन् ।

 

उनले सामाजिक सञ्जालमा लेख्दै कांग्रेसको ‘२.०’ अभियानका एक नम्बर हस्ताक्षरकर्ता घिमिरे र समावेशी प्रतिनिधित्वका उम्मेदवार परियारको पराजयलाई चौधरीको विजयसँग तुलना गरेका छन् ।

 

थापाले कांग्रेसको समावेशी अभ्यासप्रति पनि प्रश्न उठाउदै उनले समावेशिताको अभ्यासले आम नेपालीलाई आश्चर्यचकित बनाएको टिप्पणी गरेका छन् ।

 

‘परिवर्तनको सरिलो धुन भनेर बजाएकोमा झ्यारझ्यार आवाज पो सुनियो,’ थापाले लेखेका छन् । उनले निर्वाचन परिणामलाई लिएर विवेकको मूल्याङ्कन गर्न कठिन भएको उल्लेख गर्दै ‘बिजोग यस्तै अवस्थालाई भनिएको होला’ भन्दै टिप्पणी गरेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार