आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

२०८३ असोज ०५ सोमवार
सारांश
  • यस वर्ष ‘सबैका लागि, सबै ठाउँमा, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

काठमाण्डौ, ०५ असोज । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ लाई अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

 

यस वर्ष ‘सबैका लागि, सबै ठाउँमा, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

 

संयुक्त राष्ट्रसङ्घका अनुसार शान्ति युद्ध नहुनु मात्र होइन, सुरक्षित, सम्मानजनक र सहकार्यपूर्ण जीवनको आधार पनि हो । यस वर्ष स्थानीय तहमा शान्ति निर्माणमा योगदान गर्ने व्यक्ति तथा समुदायको भूमिकालाई विशेष जोड दिइएको छ ।

 

सन् २००१ मा संयुक्त राष्ट्रसङ्घले सेप्टेम्बर २१ लाई हिंसारहित अवस्था र युद्धविरामको अवधिका रूपमा मनाउने निर्णय गरेको थियो । दिवसका अवसरमा हरेक व्यक्ति र समुदायले शान्तिका लागि दैनिक रूपमा सकारात्मक योगदान गर्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार