- नेपालले युएईलाई ४४ रनले पराजित गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.२ ओभरमा अल आउट हुदै २६९ रन बनाएको हो ।
काठमाडौँ: नेपालले युएई पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यो जितसँगै नेपाल २०२७ को एशिया कपमा छनौ भएको छ ।
नेपालले युएईलाई ४४ रनले पराजित गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.२ ओभरमा अल आउट हुदै २६९ रन बनाएको हो ।
युएईका लागि राहुल चोपडाले १०० रन बनाएका थिए भने सोहैब खानले ५२, तनिश पुरीले ४२ रन र हरप्रीत सिंहले ३३ रन बनाएका थिए ।
यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले १०२ रनको शतकीय पारी खेलेका थिए भने गुलशन झाले अर्धशतक बनाउदै ५२ रन बनाएका थिए । त्यसैगरी, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दिपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ रन बनाए भने इशान पाण्डेले १३ रन बनाएका थिए ।
त्यस्तै युएईका बलर इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट लिएका थिए ।
यो जितपछि नेपालले २०२७ को जुनमा बंगलादेशमा हुने एशिया कपमा छनौट भएको छ । एशिया कपका लागि आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सिधै छनौट भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।