- नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्डको संयुक्त पहलमा हुने सिरिजमार्फत बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरिने भएको हो ।
काठमाडौं: नेपाल र बंगलादेशबीच आगामी तीन खेलको टी-२० क्रिकेट सिरिज हुने भएको छ । आगामी मार्चमा हुने यो सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति समर्पित गरिने भएको छ ।
नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्डको संयुक्त पहलमा हुने सिरिजमार्फत बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरिने भएको हो ।
सिरिजका तीनै खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेल २६ मार्च २०२७, दोस्रो खेल २८ मार्च र तेस्रो खेल ३० मार्च २०२७ मा हुनेछ ।
नेपाल र बंगलादेशबीचको क्रिकेट सम्बन्धलाई थप विस्तार गर्दै बंगलादेशले नेपालको महिला क्रिकेट, उमेर समूहका खेलाडीको विकास तथा क्षमता अभिवृद्धिमा सहयोग गर्ने भएको छ। साथै, नेपाल ‘ए’ टोलीको भ्रमण र द्विपक्षीय ‘ए’ टोलीका कार्यक्रममार्फत खेलाडी विकास तथा प्रतिस्पर्धात्मक अनुभव बढाउन पनि सहकार्य गरिने जनाइएको छ ।
नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्डले क्रिकेटमार्फत दुःखको यस घडीमा दुई देशबीचको मित्रता, सहानुभूति र ऐक्यबद्धताको सन्देश प्रवाह गर्ने बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
-
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।