फाइनलमा युएईविरुद्ध नेपालले टस जितेर ब्याटिंग गर्दै

२०८३ भाद्र २७ शनिवार
सारांश
  • फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै युएईले पहिला बलिङ गर्ने भएको छ ।

काठमाण्डौ, २७ भाद्र । मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई आमने सामने हुँदैछन् ।

 

फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै युएईले पहिला बलिङ गर्ने भएको छ ।

 

आजको खेलमा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, इशान पाण्डे, गुलशन झा, ललित राजबंशी र करण केसी खेलिरहेका छन् ।

 

नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गरेको थियो भने युएईले हङकङ चाइनालाई पराजित गरेको थियो ।

 

नेपाल र युएईवीच अहिलेसम्म १५ एकदिवसीय खेल भएका छन् । जसमा नेपाल ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार