- सन्दीपले प्रतियोगिताका ६ खेलमा सबैभन्दा बढी १७ विकेट लिएका थिए । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् ।
काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कपको प्लेयर अफ द सिरिज बनेका छन् ।
सन्दीपले प्रतियोगिताका ६ खेलमा सबैभन्दा बढी १७ विकेट लिएका थिए । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् । सन्दीपले बहराइन विरुद्ध ५ विकेट लिएका थिए भने, मलेसियाविरुद्ध १, साउदी अरेबियाविरुद्ध ३, हङकङ चाइनाविरुद्ध ४, ओमानविरुद्ध ३ तथा फाइनलमा युएईविरुद्ध १ विकेट लिएका थिए ।
त्यस्तै फाइनलमा शतकीय पारी खेलेर नेपालको जितको आधार बनाएका ओपनर आसिफ सेख फाइनल खेलको प्लेयर अफ द म्याच बनेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।