कांग्रेस भित्रको समस्याको समाधान अदालतबाट होइन, पार्टी कार्यालयबाटै गरौं : उपसभापति शर्मा

६ भाद्र, २०८३, शनिवार
सारांश
  • उनले राजनीतिक दलहरूको काम केवल सरकार बनाउने, संविधान निर्माण/संशोधन गर्ने, र चुनाव जित्ने/हार्नेमा मात्र सीमित हुन नहुने धारणा राखे ।

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको समस्याको समाधान पार्टी कार्यालयकै कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका छन्।

 

शनिबार कांग्रेसले आयोजना गरेको ग्रीन रनको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका मतभेदको समाधान अदालतको ढोकाबाट भन्दापनि पार्टी कार्यालयको कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका हुन्।

 

विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नभएको र असोजमा हुने केन्द्रीय महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री लगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न चाहने सबै नेता–कार्यकर्ताका लागि ढोका खुला रहेको उनले बताए। 

 

उनले राजनीतिक दलहरूको काम केवल सरकार बनाउने, संविधान निर्माण/संशोधन गर्ने, र चुनाव जित्ने/हार्नेमा मात्र सीमित हुन नहुने धारणा राखे ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार