महानगरले सञ्चालनमा नरहेका संस्थागत विद्यालयको अनुमति रद्द गर्ने

६ भाद्र, २०८३, शनिवार
सारांश
  • यदि कुनै विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्न नपर्ने कारण भए त्यसको आधार, कारण र प्रमाणसहित आवश्यक कागजात ३५ दिनभित्र पेश गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

 

महानगरपालिकाले विगतमा प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति लिएर सञ्चालनमा रहेका तर हाल स्थलगत अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइएको संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्न लागिएको जनाएको छ ।

 

महानगरपालिकाका अनुसार शिक्षा ऐन, २०२८ को दफा १६ (ख) तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम ती विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएकाले सम्बन्धित विद्यालयलाई सूचना जारी गरिएको हो ।

 

यदि कुनै विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्न नपर्ने कारण भए त्यसको आधार, कारण र प्रमाणसहित आवश्यक कागजात ३५ दिनभित्र पेश गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

 

काठमाडौँ महानगरपालिकाको शिक्षा समितिको २०८३ साउन २८ गते बसेको बैठकको निर्णयअनुसार उक्त सूचना प्रकाशित गरिएको हो । अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने संस्थागत विद्यालयहरूको विवरण काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइटमा राखिएको महानगरपालिकाले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार