महाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिल

२०८३ भाद्र ०६ शनिवार
सारांश
  • नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले तथाकथित विशेष महाधिवेशन पक्षले आयोजना गर्ने अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई अपिल गरेका छन् ।

काठमाण्डौ, ०६ भाद्र । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले तथाकथित विशेष महाधिवेशन पक्षले आयोजना गर्ने अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई अपिल गरेका छन् ।

 

संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले विशेष महाधिवेशन पक्षले आयोजना गर्न लागेको अधिवेशन तथा महाधिवेशनलाई अवैधानिक र विभाजनकारी गतिविधिको संज्ञा दिँदै त्यस्ता कार्यक्रम आयोजना नगर्न र नगराउनसमेत आग्रह गरेका हुन् ।

 

कांग्रेसको अधिकारितासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै कोइरालाले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको डिभिजन इजलासको निर्णयविरुद्ध पुनरावलोकनका लागि निवेदन दिएको र उक्त निवेदनमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेकाले मुद्दा हाल विचाराधीन रहेको उल्लेख गरेका छन् ।

 

यस्तो अवस्थामा विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् । विशेष महाधिवेशनका कारण केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित रहेको र थप अधिवेशन तथा महाधिवेशन गरिए पार्टीका सबै तहमा संरचनागत विभाजन सुरु हुने उनको दाबी छ ।

 

यसले आगामी स्थानीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत पार्टीलाई नकारात्मक असर पार्न सक्ने भन्दै कोइरालाले विभाजनकारी गतिविधि रोक्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले सुदृढ, सबल र गतिशील कांग्रेस निर्माणका लागि पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार