महाधिवेशन रोक्न देउवाको सर्वोच्चमा निवेदन, दर्ता हुन बाँकी

५ भाद्र, २०८३, शुक्रवार
सारांश
  • देउवाले वारेसमार्फत सर्वोच्चमा रिट पेस गरेपनि आज दर्ता भने नभएको बताइएको छ । सर्वोच्च प्रशासनले वारेसमार्फत प्राप्त निवेदन अध्ययनको क्रममा रहेको छ ।  अब भोली र पर्सि सार्बजनिक बिदा भएका रिट दर्ता हुने नहुने निर्णय सोमबार मात्र हुने बताइएको छ ।

काठमाडौं: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन प्रक्रिया रोक्न मागसहित सर्वोच्च अदालतमा रिट पेश गरेका छन् ।

 

देउवाले वारेसमार्फत सर्वोच्चमा रिट पेस गरेपनि आज दर्ता भने नभएको बताइएको छ । सर्वोच्च प्रशासनले वारेसमार्फत प्राप्त निवेदन अध्ययनको क्रममा रहेको छ ।  अब भोली र पर्सि सार्बजनिक बिदा भएका रिट दर्ता हुने नहुने निर्णय सोमबार मात्र हुने बताइएको छ ।

 

काँग्रेसको विवाद सर्वोच्च अदालतमा रहेकै समयमा संस्थापन पक्षले वडा अधिवेशन २६ भदौबाट गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक गरेर महाधिवेशनको प्रक्रिया शुरु गरेपछि संस्थापन इतर पक्ष पुन: सर्वोच्च पुगेको छ ।

 

सर्वोच्च अदालतले कांग्रेस विवाद बारे पुनरावलोकनका लागि साउन २१ मा आदेश दिएपछि सो मुद्धाको सुनुवाई हुन बाँकी रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार