चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला
२२ श्रावण, २०८३, शुक्रवार
- भदौ १५ गते अपराह्न ५ बजेपछि भदौ २२ गते अपराह्न ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षा स्नातक तह (एमईसीईई–बिएल २०२७) अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आह्वान गरेको छ।
आयोगले शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारले २०८३ साउन २५ गते बिहान ९ बजेदेखि भदौ १५ गते अपराह्न ५ बजेसम्म आयोगको अनलाइन आवेदन प्रणालीमार्फत आवेदन दिन सक्ने जनाएको छ।
निर्धारित समयभित्र आवेदन दिन नसकेका उम्मेदवारले भदौ १५ गते अपराह्न ५ बजेपछि भदौ २२ गते अपराह्न ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आयोगका अनुसार प्रवेश परीक्षा तथा आवेदनसम्बन्धी विस्तृत सूचना आयोगको वेबसाइटमा प्रकाशित गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।