कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त

१२ श्रावण, २०८३, मगलवार
सारांश
  • यसअघि शाहीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबि पेश गरेका थिए । ४२ सदस्यीय प्रदेश सभामा शाहीलाई नेकपा एमाले र नेकपाका २४ सांसदको समर्थन गरेको छ ।

सुर्खेत: कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मंगलबहादुर शाही नियुक्त भएका छन् । 

 

प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्  ।

  

यसअघि शाहीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबि पेश गरेका थिए । ४२ सदस्यीय प्रदेश सभामा शाहीलाई नेकपा एमाले र नेकपाका २४ सांसदको समर्थन गरेको छ ।

 

शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन माओवादी र नेपाली कांग्रेसबीचको लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट विजयी भएका थिए । शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसकेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार