- प्रशासनका अनुसार यो निर्णय आज साउन १२ गते राति ८ बजेदेखि भोलि साउन १३ गते बिहान ५ बजेसम्म लागू हुनेछ। उक्त अवधिमा मुग्लिन–नारायणगढ सडकखण्ड हुँदै चल्ने सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
काठमाडौं: चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा निरन्तर सुख्खा पहिरो खसिरहेकाले आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, चितवनले मंगलबार सूचना जारी गर्दै मुग्लिन बजार नजिक नारायणगढतर्फ सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको र पहिरो खस्ने क्रम अझै जारी रहेकाले मानवीय जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।
प्रशासनका अनुसार यो निर्णय आज साउन १२ गते राति ८ बजेदेखि भोलि साउन १३ गते बिहान ५ बजेसम्म लागू हुनेछ। उक्त अवधिमा मुग्लिन–नारायणगढ सडकखण्ड हुँदै चल्ने सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै थप सूचना, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र तथा जिल्ला प्रहरी कार्यालय चितवनसँग सम्पर्क गर्न आग्रह गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कस्तो छ आजको मौसम पूर्वानुमान ?
-
आजको राशिफल: वि.सं. २०८३ भाद्र २७ गते शनिवार
-
बादल र पोखरेलको प्रतिवेदनमाथि एमालेको कार्यदलले आवासीय छलफल गर्न
-
बर्षमानलाई राजीव खत्रीको जवाफः ज्ञानेन्द्र इतिहास रच्ने शासक हुन्, कमजोर नठाने हुन्छ
-
रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।