मानव बेचबिखन नियन्त्रणमा सबै पक्षको एकीकृत प्रयास आवश्यक- महानिरीक्षक कार्की
१२ श्रावण, २०८३, मगलवार
- अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस–२०२६ को अवसरमा नेपाल प्रहरी र माइती नेपालको संयुक्त आयोजनामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
काठमाडौँ: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन संगठित तथा अन्तर्राष्ट्रिय अपराधसँग जोडिएको गम्भीर समस्या भएकाले यसको नियन्त्रणका लागि सुरक्षा निकाय, न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिकबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस–२०२६ को अवसरमा नेपाल प्रहरी र माइती नेपालको संयुक्त आयोजनामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रहरी महानिरीक्षक कार्कीले पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध र अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिन थालेको उल्लेख गरे । उनले पीडितका कानुनी कागजातको दुरुपयोग, साइबर स्क्याम, वैदेशिक रोजगारी र शैक्षिक परामर्श केन्द्रको आवरणमा हुने मानव तस्करीजस्ता गतिविधि नयाँ चुनौतीका रूपमा देखिएको भन्दै नेपाल प्रहरीले सूचना सङ्कलन प्रणाली सुदृढ बनाउने, सीमा क्षेत्रमा निगरानी बढाउने, जोखिममा रहेका यात्रुको पहिचान गर्ने तथा गैरकानुनी गतिविधिमा संलग्न संस्थामाथि कडा निगरानी र कारबाही गरिरहेको जानकारी दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले आगामी एक वर्षसम्म मानव बेचबिखनविरुद्ध राष्ट्रिय सचेतना अभियानमा सहकार्य गर्ने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानपत्र प्रदान गरे। उनीहरूले आफ्नो कला र लोकप्रियतामार्फत मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
अन्तरक्रियामा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले मानव बेचबिखन, सुरक्षित आप्रवासन, विद्यमान चुनौती र समाधानका उपायबारे प्रस्तुति दिएका थिए। साथै नेपाल प्रहरी र माइती नेपालले तयार पारेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री प्रदर्शन गरिएको थियो। कार्यक्रममा मानव बेचबिखन नियन्त्रण, पीडित संरक्षण, डिजिटल सुरक्षाको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा सुरक्षित वैदेशिक रोजगारीलगायत विषयमा व्यापक छलफल भएको थियो। नेपाल प्रहरीले मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण र अपराधीमाथि प्रभावकारी कारबाहीका लागि प्रतिबद्ध रहेको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।