सुनसरी घटनामा संयमता अपनाउन रास्वपाको सबै पक्षलाई अपिल

१२ श्रावण, २०८३, मगलवार
सारांश
  • विज्ञप्तिमा रास्वपाले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवाद र सहकार्यमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी नेपालका जिल्लामा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी सभापति रवि लामिछानेले मंगलबार विज्ञप्ति जारी गर्दै घटनालाई अत्यन्त संवेदनशील र दुःखद भन्दै शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

 

रास्वपाले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

 

रास्वपाले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसाबाट सम्भव नहुने स्पष्ट गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ ।

 

पार्टीले आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई साम्प्रदायिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधि नगर्न तथा अफवाह र उत्तेजनाको पछि नलागी संयमता अपनाउन अपिल गरेको छ ।

 

रास्वपाले वर्तमान परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र अवस्था सामान्य बनाउन नेपाल सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको जनाएको छ । साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

 

विज्ञप्तिमा रास्वपाले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवाद र सहकार्यमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

 

साथै, यस संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बन्धित पक्षसँग आग्रह गर्दै रास्वपाले आफ्ना स्थानीय समिति तथा सम्पूर्ण कार्यकर्तालाई शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार