विष्णु पौडेललाई काठमाडौँ ल्याइयो, अदालतमा पेश गरिँदै

२०८३ अषाढ़ ०९ मङ्गलवार
सारांश
  • सोमबार सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट आज विहान काठमाडौँ ल्याइएको छ ।

काठमाण्डौ, ०९ अषाढ़  । सोमबार सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट आज विहान काठमाडौँ ल्याइएको छ । सुर्खेतमा पार्टीको निर्वाचन समिक्षा कार्यक्रममा सहभागी भएकै बेला पौडेललाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।

 

प्रहरीले पौडेललाई सुर्खेतमा पक्राउ गरेर गाडीमा नेपालगञ्ज लगेर राख्ने भने पनि राति नै सडकमार्ग मार्फत नै काठमाडौँ ल्याएको हो ।  काठमाडौं ल्याएर पौडेललाई सिधै ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लागिएको र आजै अदालत पेश गर्ने बताइएको छ ।

 

बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार