मन्त्रीहरु अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक स्थगित

२०८३ असार ०२ मङ्गलवार
सारांश
  • प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

काठमाण्डौ, ०२ अषाढ़ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

 

प्रतिनिधि सभाको बैठकमा जारी विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

 

विपक्षी दलका सांसदले प्रतिनिधि सभा नियमावली अनुसार विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको सभामुखको ध्यानाकर्षण गराएपछि बैठक स्थगित भएको छ । यस अघि सोमबार पनि मन्त्री उपस्थित नहुदै बैठक स्थगित भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार