स्वास्थ्यमन्त्री मेहतासँग गणतन्त्र कोरियाका राजदूत पार्कबीच शिष्टाचार भेटवार्ता

२०८३ असार ०२ मङ्गलवार
सारांश
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयङ पार्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।

काठमाण्डौ, ०२ अषाढ़ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयङ पार्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।

 

मङ्गलवार भएको भेटमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको हो । विशेषगरी स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धि, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा जडीबुटी र औषधि उत्पादनका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

 

यस अवसरमा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरेकी थिइन् ।

 

जवाफमा राजदूत तेयङ पार्कले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ र परिणाममुखी हुने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार