हर्क साम्पाङको प्रश्न- सभामुखले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन कहिले आदेश दिनुहुन्छ ?

२०८३ अषाढ़ ०१ सोमवार
सारांश
  • प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउने माग कायम रहेको बताउदै सभामुखले कहिले त्यो हटाउने आदेश दिनुहुन्छ भन्दै प्रश्न गरेका थिए ।

काठमाडौं: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । 

 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउने माग कायम रहेको बताउदै सभामुखले कहिले त्यो हटाउने आदेश दिनुहुन्छ भन्दै प्रश्न गरेका थिए ।

 

साथै साम्पाङले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेर अतिक्रमण गर्न खोजेको र नेपाली नागरिकलाई आतंकित पार्ने गतिविधि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउदै त्यसको विरोधमा माइतीघरमा धर्नामा बसेका युवालाई पक्राउ गरिएकोले ती युवालाई अनावश्यक दुःख नदिन सरकारलाई आग्रह गरे ।

 

त्यस्तै विद्यार्थीहरूको मोबाइल फोन खोसेर नष्ट गरिएको, महिलाको टेम्पु भीरबाट खसालेको र घरमाथि ढुंगामुढा प्रहार गरिएको जस्ता विषयको छानबिन गरेर दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार