हर्क साम्पाङको प्रश्न- सभामुखले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन कहिले आदेश दिनुहुन्छ ?
२०८३ अषाढ़ ०१ सोमवार
- प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउने माग कायम रहेको बताउदै सभामुखले कहिले त्यो हटाउने आदेश दिनुहुन्छ भन्दै प्रश्न गरेका थिए ।
काठमाडौं: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउने माग कायम रहेको बताउदै सभामुखले कहिले त्यो हटाउने आदेश दिनुहुन्छ भन्दै प्रश्न गरेका थिए ।
साथै साम्पाङले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेर अतिक्रमण गर्न खोजेको र नेपाली नागरिकलाई आतंकित पार्ने गतिविधि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउदै त्यसको विरोधमा माइतीघरमा धर्नामा बसेका युवालाई पक्राउ गरिएकोले ती युवालाई अनावश्यक दुःख नदिन सरकारलाई आग्रह गरे ।
त्यस्तै विद्यार्थीहरूको मोबाइल फोन खोसेर नष्ट गरिएको, महिलाको टेम्पु भीरबाट खसालेको र घरमाथि ढुंगामुढा प्रहार गरिएको जस्ता विषयको छानबिन गरेर दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।