स्वास्थ्यमन्त्री मेहतासँग गणतन्त्र कोरियाका राजदूत पार्कबीच शिष्टाचार भेटवार्ता

२०८३ असार ०२ मङ्गलवार
सारांश
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयङ पार्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।

काठमाण्डौ, ०२ अषाढ़ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयङ पार्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।

 

मङ्गलवार भएको भेटमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको हो । विशेषगरी स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धि, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा जडीबुटी र औषधि उत्पादनका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

 

यस अवसरमा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरेकी थिइन् ।

 

जवाफमा राजदूत तेयङ पार्कले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ र परिणाममुखी हुने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार