राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनको मिति तोक्ने
२०८३ असार ०२ मङ्गलवार
- प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकका एजेण्डाबारे छलफल गर्न असार ४ गते दिउँसो १२:३० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक असार ५ र ६ गते बस्ने गरी तय गरिएको छ ।
प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकका एजेण्डाबारे छलफल गर्न असार ४ गते दिउँसो १२:३० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
यसपटकको केन्द्रीय कार्यसमिति बैठक विशेषगरी महाधिवेशन केन्द्रित रहने र बैठकले महाधिवेशनको मिति पनि तोक्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।
समयमा महाधिवेशन नगरेको र निर्वाचनमा असफल भएको भन्दै नेतृत्वप्रति असन्तुष्ट हुदै राप्रपाको धवलशमशेर राणा समुह पार्टी छोडेर नयाँ पार्टी निर्माणमा दुर्गा प्रसाईसँग सहकार्य गरेको समयमा राप्रपाको बैठक बस्न लागेको हो ।
राप्रपाको महाधिवेशन २७८ सालको मङ्सिरमा भएको थियो र सो महाधिवेशनबाट राजेन्द्र लिङदेन अध्यक्ष बनेका थिए । लिङदेन कार्यसमितिको कार्यकाल गत मङ्सिरमै सकिएको थियो भने त्यसपछि जेठ १७ गतेसम्म म्याद थप गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।