राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनको मिति तोक्ने

२०८३ असार ०२ मङ्गलवार
सारांश
  • प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकका एजेण्डाबारे छलफल गर्न असार ४ गते दिउँसो १२:३० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक असार ५ र ६ गते बस्ने गरी तय गरिएको छ ।

 

प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकका एजेण्डाबारे छलफल गर्न असार ४ गते दिउँसो १२:३० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

 

यसपटकको केन्द्रीय कार्यसमिति बैठक विशेषगरी महाधिवेशन केन्द्रित रहने र बैठकले महाधिवेशनको मिति पनि तोक्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।

 

समयमा महाधिवेशन नगरेको र निर्वाचनमा असफल भएको भन्दै नेतृत्वप्रति असन्तुष्ट हुदै राप्रपाको धवलशमशेर राणा समुह पार्टी छोडेर नयाँ पार्टी निर्माणमा दुर्गा प्रसाईसँग सहकार्य गरेको समयमा राप्रपाको बैठक बस्न लागेको हो । 

 

राप्रपाको महाधिवेशन २७८ सालको मङ्सिरमा भएको थियो र सो महाधिवेशनबाट राजेन्द्र लिङदेन अध्यक्ष बनेका थिए । लिङदेन कार्यसमितिको कार्यकाल गत मङ्सिरमै सकिएको थियो भने त्यसपछि जेठ १७ गतेसम्म म्याद थप गरिएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार