आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

२०८३ असार ०२ मङ्गलवार
सारांश
  • आज प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका पाँच समितिको वैठक बस्दैछ ।

काठमाण्डौ, ०२ अषाढ़ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका पाँच समितिको वैठक बस्दैछ ।

 

आज प्रतिनिधि सभाका अर्थ समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

 

बिहान ९ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा समितिको मस्यौदा कार्यविधिमाथि छलफल हुने कार्यसूची रहेको छ भने बिहान ९ बजेदेखि नै शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन विषयमा छलफल हुदैछ ।

 

त्यसैगरी विहान ११: १५ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा समितिको बार्षिक कार्ययोजना सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।

 

त्यस्तै बिहान १० बजेदेखि बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ग्यालरी बैठक (पुरानो संसद) भवन निर्माणको कार्ययोजना सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुने कार्यसूची रहेको छ ।

 

त्यसैगरी बिहान ११ बजेदेखि बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमितिको कार्यक्षेत्रमा हेरफेरको कार्यसूची रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार