इरानसँगको सहमतिपछि ट्रम्प प्रशासनमा मतभेदको दाबी

२०८३ असार ०२ मङ्गलवार
सारांश
  • इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच भएको प्रारम्भिक शान्ति सहमतिले अमेरिकी सरकारभित्रै गम्भीर मतभेद देखिएको छ ।

एजेन्सी, ०२ अषाढ़ । इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच भएको प्रारम्भिक शान्ति सहमतिले अमेरिकी सरकारभित्रै गम्भीर मतभेद देखिएको छ । एक्सियोसको रिपोर्टअनुसार सिआइए प्रमुख जोन र्याटक्लिफले इरानले सहमतिमा गरिएका सबै प्रतिबद्धता पूरा गर्ने वा नगर्ने विषयमा शंका व्यक्त गरेका छन् ।

 

त्यस्तै, विदेशमन्त्री मार्को रुबियोले पनि इरान आफ्नो आणविक कार्यक्रमबारे अमेरिकाले अपेक्षा गरेअनुसारका कदम चाल्न तयार नरहेको धारणा राखेका छन् । सोही रिपोर्टमा रक्षामन्त्री पिट हेगसेथले समेत उक्त सहमतिबारे चिन्ता व्यक्त गरेको उल्लेख छ । तर उपराष्ट्रपति जे. डी. भान्स, विशेष दूत स्टिभ विटकोफ र जेरेड कुश्नर भने उक्त सहमति अघि बढाउनुपर्ने पक्षमा रहेको बताइएको छ ।

 

यसैबीच, वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट अधिकारीहरू त्यसबेला छक्क परेका थिए, जब ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँग शान्ति सम्झौता भएको घोषणा गरेका थिए । ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै सम्झौता पूरा भएको बताएका थिए ।

 

रिपोर्टमा जनाइएअनुसार ट्रम्पले ह्वाइट हाउसमा उक्त कागजातमा डिजिटल हस्ताक्षर गरेका थिए । यस्तै, ट्रम्पले उक्त सम्झौतामा हस्ताक्षर गरिरहेकै समयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता पनि गरेको दाबी गरिएको छ ।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका-इरान सम्झौतापछि हुने आगामी वार्ता दुई चरणमा हुने जानकारी दिएका छन् ।

 

पहिलो चरणमा होर्मुज जलडमरूको अवस्था, अमेरिकी नौसैनिक नाकाबन्दी र पुनर्निर्माणका विषयमा छलफल हुनेछ । त्यसपछि दोस्रो चरणको वार्ता सुरु हुनेछ, जुन ६० दिनसम्म चल्नेछ । यस अवधिमा आणविक कार्यक्रम र प्रतिबन्ध खुकुलो बनाउने विषयमा मुख्य छलफल हुने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार