अर्थमन्त्री डा. वाग्लेमाथि संसदले छानबिन गर्नुपर्छ- रामकुमारी झाँक्री
२०८३ जेठ २७ बुधवार
- सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले अर्थमन्त्री वाग्ले विगतदेखि नै राज्यका महत्वपूर्ण निकायमा रहेर काम गरेको व्यक्ति भएकाले वर्तमान विवादमा उनको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् ।
काठमाडौँ: नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि उठेका आरोपबारे संसदीय छानबिन हुनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले अर्थमन्त्री वाग्ले विगतदेखि नै राज्यका महत्वपूर्ण निकायमा रहेर काम गरेको व्यक्ति भएकाले वर्तमान विवादमा उनको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् ।
उनले राष्ट्रिय योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा काम गरिसकेका वाग्ले राज्य प्रणालीभित्रका गतिविधिबारे जानकार रहेको भन्दै विगतमा विपक्षमा रहँदा बजेट र आर्थिक अनियमितताका विषयमा उनले उठाएका प्रश्नहरू स्मरण गर्न आग्रह गरेकी छन् ।
उनले अर्थमन्त्रीमाथि प्रश्न र आरोप उठिसकेको अवस्थामा सम्बन्धित व्यक्तिले आफैं छानबिन गराउने नभई संसद् वा संसद्ले गठन गरेको समितिमार्फत स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरेकी छन् ।
उनले भनेकी छन्- 'तपाईंमाथि आरोप लागेको छ, तपाईंमाथि नै प्रश्न उठेको छ। त्यसैले तपाईंमाथि छानबिन हुनुपर्छ। तर त्यो छानबिन तपाईंले गराउने होइन, संसद् वा संसद्ले बनाएको समितिले गर्नुपर्छ ।'
झाँक्रीले अरू व्यक्तिले गरेको आर्थिक अनियमितता वा संगठित अपराधलाई गम्भीर रूपमा हेरिने तर अर्थमन्त्रीकै हैसियतमा भएका भनिएका गतिविधिलाई ‘नयाँ अभ्यास’ वा ‘यस्तै हुँदै आएको हो’ भन्दै बेवास्ता गर्न नमिल्ने बताएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमसीसीअन्तर्गतका दुई सबस्टेशन र २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ
-
अर्थमन्त्री डा. वाग्लेमाथि संसदले छानबिन गर्नुपर्छ- रामकुमारी झाँक्री
-
अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
-
जलविधुत् आयोजनासम्बन्धी अनुमतिपत्र बारे अध्ययन गर्न गठित समितिले के के दियो सुझाव ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
धेरै पढिएको
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।