आज अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

२०८३ जेठ २७ बुधवार
सारांश
  • आज प्रतिनिधि सभा अन्तर्गतका दुई समिति अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, २७ जेठ । आज प्रतिनिधि सभा अन्तर्गतका दुई समिति अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।

 

बिहान ८ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक बर्ष २०८२-८३ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य-मुख्य व्यवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ भने समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

 

त्यस्तै बिहान ८ बजे नै बस्ने सार्बजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्‍नउपर छलफलको कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार