अर्थमन्त्री डा. वाग्लेमाथि संसदले छानबिन गर्नुपर्छ- रामकुमारी झाँक्री
२०८३ जेठ २७ बुधवार
- सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले अर्थमन्त्री वाग्ले विगतदेखि नै राज्यका महत्वपूर्ण निकायमा रहेर काम गरेको व्यक्ति भएकाले वर्तमान विवादमा उनको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् ।
काठमाडौँ: नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि उठेका आरोपबारे संसदीय छानबिन हुनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले अर्थमन्त्री वाग्ले विगतदेखि नै राज्यका महत्वपूर्ण निकायमा रहेर काम गरेको व्यक्ति भएकाले वर्तमान विवादमा उनको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् ।
उनले राष्ट्रिय योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा काम गरिसकेका वाग्ले राज्य प्रणालीभित्रका गतिविधिबारे जानकार रहेको भन्दै विगतमा विपक्षमा रहँदा बजेट र आर्थिक अनियमितताका विषयमा उनले उठाएका प्रश्नहरू स्मरण गर्न आग्रह गरेकी छन् ।
उनले अर्थमन्त्रीमाथि प्रश्न र आरोप उठिसकेको अवस्थामा सम्बन्धित व्यक्तिले आफैं छानबिन गराउने नभई संसद् वा संसद्ले गठन गरेको समितिमार्फत स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरेकी छन् ।
उनले भनेकी छन्- 'तपाईंमाथि आरोप लागेको छ, तपाईंमाथि नै प्रश्न उठेको छ। त्यसैले तपाईंमाथि छानबिन हुनुपर्छ। तर त्यो छानबिन तपाईंले गराउने होइन, संसद् वा संसद्ले बनाएको समितिले गर्नुपर्छ ।'
झाँक्रीले अरू व्यक्तिले गरेको आर्थिक अनियमितता वा संगठित अपराधलाई गम्भीर रूपमा हेरिने तर अर्थमन्त्रीकै हैसियतमा भएका भनिएका गतिविधिलाई ‘नयाँ अभ्यास’ वा ‘यस्तै हुँदै आएको हो’ भन्दै बेवास्ता गर्न नमिल्ने बताएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’