बढीमा तीन बर्ष मन्त्रीको काम गर्छु- महावीर पुन

२०८३ जेठ २७ बुधवार
सारांश
  • नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्दै आफु तीन बर्ष मन्त्रीको रुपमा काम गर्ने बताएका छन् ।

काठमाण्डौ, २७ जेठ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्दै आफु तीन बर्ष मन्त्रीको रुपमा काम गर्ने बताएका छन् । मन्त्रीको शपथ लिएलगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

 

नवनियुक्त मन्त्री पुनले आफू धेरै समय पदमा नबस्ने बताउदै तीन बर्ष रातदिन काम गरेर बढीमा तीन वर्षमात्र मन्त्री पदमा बस्ने बताए ।

 

उनले भने- 'विज्ञान, प्रविधिको कुरामा ढिला हिंडेर ठाउँमा पुगिँदैन। द्रूत गतिमा, रात दिन काम गरेर अगाडि बढ्ने हो। म यो पदमा धेरै बस्दिनँ। बढीमा तीन वर्ष मन्त्री भएर खाने हो ।'

 

उनले अब मन्त्री भएपछि किताब बेच्न नमिल्ने बताउदै वीरगन्ज कृषि औजार कारखाना चलाउन पनि कुनै उपाय निकालेर किताब बेच्ने बताए । उनले आफुले सम्हालेको मन्त्रालयबाट बजेट छुट्टाउन नमिल्ने बताउदै कारखाना किताब बेचेरै चलाउने स्पष्ट गरे ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार