अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३ जेठ २७ बुधवार
- केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट पक्राउ गरेको हो ।
काठमाडौं: अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका-३ बस्ने गोरखा आरूघाट गाउँपालिका-७ घर भएका २६ वर्षीय बिबस अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई बिबस अधिकारी भन्ने नामबाट २०८२ चैत १५ मा मुद्दा खोल्ने तथा पुन: प्रमाणिकरण सम्बन्धी सूचना भन्ने पत्र कीर्ते बनाई मुद्दाको अन्तिम निर्णय भएपछि बिबसको बैंकमा २ करोड १३ लाख रूपैयाँ रकमान्तरण हुने र २०८२ चैत २४ गते सेवा शुल्क भुक्तानी सम्बन्धी झुठ्ठा लिखत तयार गरी बिबसलाई अदालतबाट १ लाख ६ हजार ५ सय रूपैयाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छाप कीर्ते गरी प्रचलनमा ल्याएको खुल्न आएको छ ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।