दुर्गा प्रसाईं र धवलशमशेर राणाबीच नयाँ राष्ट्रवादी पार्टी खोल्ने सहमति

२२ जेठ, २०८३, शुक्रवार
सारांश
  • शुक्रबार पत्रकार सम्मेलन गरेर प्रसाई र राणाले नयाँ दल बनाउने सहमति गरेका हुन् ।  उनीहरुले राष्ट्रवादी, राजावादी, देशभक्तलाई एक गर्ने गरि नयाँ राजनीतिक दल बनाएर अगाडी बढ्ने घोषणा गरेका छन् ।

काठमाडौं: दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान र राप्रपा छोडेका धवलशमशेर राणा समुहबीच नयाँ राष्ट्रवादी राजनीतिक दल बनाउने सहमति भएको छ ।

 

शुक्रबार पत्रकार सम्मेलन गरेर प्रसाई र राणाले नयाँ दल बनाउने सहमति गरेका हुन् ।  उनीहरुले राष्ट्रवादी, राजावादी, देशभक्तलाई एक गर्ने गरि नयाँ राजनीतिक दल बनाएर अगाडी बढ्ने घोषणा गरेका छन् । 

 

उनीहरुले सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, पृथ्वीनारायण शाहको दिव्योपदेशमा आधारित दर्शन र दोहोरो नागरिकता पाउनेगरी एकपटकको नेपाली सधैँको हुनेगरी नयाँ पार्टी बनाउने बताएका छन् ।

 

राणाले पार्टीको नाम भने दुवै पक्षलाई समेटेर बनाइने समितिको सुझाव अनुसार राखिने बताएका छन् । त्यस्तै प्रसाईले राप्रपासहित सबै दलका राष्ट्रवादी नेता कार्यकर्तालाई आफुहरुको दलमा आउन आग्रह गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

थप समाचार