पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित
२२ जेठ, २०८३, शुक्रवार
- पदोन्नति भएका अधिकृतमध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षक हाल तालिमका क्रममा कोरियामा रहेकाले समारोहमा सहभागी हुन नसकेको जनाइएको छ ।
काठमाडौँ: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति प्राप्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकारका प्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको जेठ २१ गतेको निर्णयअनुसार जनपदतर्फ १ जना र प्राविधिकतर्फ ३ जना गरी ४ जना प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका छन्। यस्तै, गृह मन्त्रालय (सचिवस्तर) को सोही मितिको निर्णयबाट जनपदतर्फ १ जना र प्राविधिकतर्फ १२ जना गरी १३ जना प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका छन् । साथै १६ जना प्राविधिक प्रहरी नायव उपरीक्षक र १४ जना प्राविधिक प्रहरी निरीक्षक गरी कुल ४७ जनामध्ये ४४ जना अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन् ।
पदोन्नति भएका अधिकृतमध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षक हाल तालिमका क्रममा कोरियामा रहेकाले समारोहमा सहभागी हुन नसकेको जनाइएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा र सेवाप्रतिको प्रतिबद्धताको मूल्याङ्कनका आधारमा पदोन्नति भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीमा अझ सिर्जनशील, जवाफदेही र संवेदनशील भएर काम गर्न निर्देशन दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा
-
मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
-
त्रिशूली ३ ए को उद्धार अपडेट: सुरुङको मुख खोलिदै
-
ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का सार्वजनिक
-
बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णय
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।