- सूचीअनुसार निराजन घिमिरेलाई स्याङ्जा, कुलमान सिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ । त्यस्तै बलराम निरौलालाई अध्यागमन कार्यालय भैरहवामा पठाइएको छ ।
काठमाडौं: गृह मन्त्रालयले सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको गृहमन्त्रालयले उनीहरूको सरुवा गरेको हो । सरुवासँगै १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत गरिएको छ ।
सूचीअनुसार निराजन घिमिरेलाई स्याङ्जा, कुलमान सिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ । त्यस्तै बलराम निरौलालाई अध्यागमन कार्यालय भैरहवामा पठाइएको छ ।
त्यस्तै ईश्वरी प्रसाद अर्याललाई संखुवासभा, भविश्वर पाण्डेलाई पाल्पा, जगदिश्वर उपाध्यायलाई नवलपसारी पूर्व, श्यामकृष्ण थापालाई सप्तरी, रुद्रादेवी शर्मालाई धनकुटा, मेखबहादुर मंग्रातीलाई उदयपुर, टुवाराज पोखरेललाई ओखलढुंगा, विजयराज सुवेदीलाई सर्लाही, विनु बज्राचार्य कुँवरलाई रामेछाप, धर्मराज जोशीलाई सुर्खेत सरुवा गरिएको छ ।
त्यस्तै सिर्जना थपलियालाई त्रिअबि अध्यागमनमा सरुवा गरिएको छ भने रामुराज कडरियालाई गृह मन्त्रालयमा तानिएको छ । त्यस्तै प्रदीपकुमार कोइरालालाई विपद् व्यवस्थापन र कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पन्जीकारण विभागमा पठाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।