स्वदेश फर्किएपछि रवि लामिछानेले भने- नयाँ सम्बन्धको खाका राखेर आए
२२ जेठ, २०८३, शुक्रवार
- लामिछानेले भारतमा आफुलाई गरिएको स्वागत सम्पूर्ण नेपालीको सम्मान भएको महसुस गरेको प्रतिक्रिया दिए । उनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा बारे दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रालयले स्पष्ट गरेकोले यस बारेमा पार्टीको अलग्गै धारणा नहुने बताए ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणबाट स्वदेश फर्किएका छन् ।
काठमाडौँ फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले भारत भ्रमणमा पारदर्शी किसिमले भेटघाट गरेको बताउदै सबै भेटमा दुताबासका प्रतिनिधि रहेको बताए ।
उनले भाजपा विश्वकै धेरै सदस्य भएको दल भएकाले रास्वपा र भाजपाको सम्बन्ध विस्तारको भ्रमणको रुपमा सफल भ्रमण भएको बताए ।
उनले भारतसँगको सीमा विवाद कुटनीतिक तहबाटै समाधान हुने बताउदै आफुहरुले उठाउदै विकास कुटनीतिकको विषय आफुले भारतीय नेतृत्वसँग कुरा गरेको बताए ।
उनले नेपालले भारतसँग कस्तो सम्बन्ध राख्न चाहन्छ भन्ने विषयको खाका भारतीय नेताहरुसँग राखेको बताउदै नेपाल र भारतवीच कैयौं विषय सहकार्य गरेर जानुपर्ने विषयका बारेमा छलफल भएको बताए । लामिछानेले अब भारतसँग पारदर्शी सम्बन्ध राख्न पहिलो चरणको छलफल भएको बताउदै यस भ्रमणले सकारात्मक प्रभाव पार्ने उनले स्पष्ट गरे ।
लामिछानेले भारतमा आफुलाई गरिएको स्वागत सम्पूर्ण नेपालीको सम्मान भएको महसुस गरेको प्रतिक्रिया दिए । उनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा बारे दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रालयले स्पष्ट गरेकोले यस बारेमा पार्टीको अलग्गै धारणा नहुने बताए ।
साथै सरकार परिवर्तन हुने हल्ला चलाइएको बारे जवाफ दिदै लामिछानेले चुनावअघि गरेको सहमतिप्रति आफु प्रतिबद्ध रहेको र अस्थिरता नचाहेको धारणा राखेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा
-
मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
-
त्रिशूली ३ ए को उद्धार अपडेट: सुरुङको मुख खोलिदै
-
ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का सार्वजनिक
-
बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णय
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।