कक्रोच जनता पार्टीको लोकप्रियता बढ्दै, इन्स्टाग्राममा १ करोड १८ लाखभन्दा बढी फलोअर
७ जेठ, २०८३, बिहिवार
- इन्स्टाग्राममार्फत उनले सुरुमा खाता ह्याक गर्ने प्रयास भएको र त्यसपछि एक्स खाता भारतमा नदेखिने बनाइएको बताएका हुन् । उनले आफूहरूले कुनै गलत सामग्री नराखेको दाबी गरेका छन् ।
काठमाडौँ: भारतमा चर्चामा रहेको ‘कक्रोच जनता पार्टी’ अभियानका संस्थापक अभिजित दीपकेले आफ्नो एक्स खाता भारतमा बन्द गरिएको दाबी गरेका छन् ।
इन्स्टाग्राममार्फत उनले सुरुमा खाता ह्याक गर्ने प्रयास भएको र त्यसपछि एक्स खाता भारतमा नदेखिने बनाइएको बताएका हुन् । उनले आफूहरूले कुनै गलत सामग्री नराखेको दाबी गरेका छन् ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवालाई ‘कक्रोच’ र ‘परजीवी’सँग तुलना गरेको अभिव्यक्तिपछि अनलाइनमा अभिजित दीपकेले ‘कक्रोच जनता पार्टी’ खोलेपछि भारतमा यसको लोकप्रियता बढिरहेको छ । यसले अभियानको रुप लिदै सामाजिक सञ्जालमा तीव्र चर्चा पाएको छ ।
यस अभियानको इन्स्टाग्राम खातामा चार दिनमै १ करोड १८ लाखभन्दा बढीले फलो गरेका छन् । यसका साथै अभियानको नाममा वेबसाइट पनि सञ्चालनमा आएको छ भने लाखौँले सदस्यताका लागि नाम दर्ता गराएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।