पाकिस्तानका गृहमन्त्री इरानमा, अमेरिकी प्रस्ताव बारे छलफल
२०८३ जेठ ०७ विहिवार
- इरानी समाचार संस्था नूरका अनुसार वासिङ्टन र तेहरानबीच प्रस्तावित युद्धविरामसम्बन्धी दस्तावेजमा छलफल जारी रहेको छ ।
एजेन्सी, ०७ जेठ । इरानले आफ्नो नयाँ प्रस्तावबारे अमेरिकाबाट आएको प्रतिक्रियाको समीक्षा भइरहेको जनाएको छ । इरानी समाचार संस्था नूरका अनुसार वासिङ्टन र तेहरानबीच प्रस्तावित युद्धविरामसम्बन्धी दस्तावेजमा छलफल जारी रहेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएईले इरानले अघि सारेको १४ बुँदे प्रस्तावका आधारमा दुवै पक्षबीच पटक–पटक सन्देश आदानप्रदान भएको बताएका छन् । उनले अमेरिकी पक्षबाट प्राप्त धारणा अध्ययन भइरहेको जानकारी दिएका छन् ।
उनले उक्त प्रतिक्रिया पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीको इरान भ्रमणका क्रममा दिएका हुन् । पाकिस्तानी गृहमन्त्री नाक्वीले इरानका राष्ट्रपति मासोउद पेजेशकियानसँग तेहरानमा भेटवार्ता गरेका थिए । करिब ९० मिनेट चलेको भेटमा क्षेत्रीय सुरक्षा अवस्था, इरान–अमेरिका तनाव तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।
इरानी र पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बैठकमा मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव तथा इरान–अमेरिका वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पनि कुराकानी भएको थियो । यसका साथै द्विपक्षीय सम्बन्ध, सीमा सुरक्षा तथा क्षेत्रीय शान्तिसम्बन्धी विषयमा समेत दुवै पक्षबीच छलफल भएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।