भारतका प्रधानन्यायाधीशको अभिव्यक्तिपछि जन्मियो- 'कक्रोच जनता पार्टी'
२०८३ जेठ ०७ विहिवार
- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र जनजीवनबारे दिएको टिप्पणीपछि सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक अभियान तीव्र रूपमा फैलिएको छ ।
काठमाण्डौ, ०७ जेठ । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र जनजीवनबारे दिएको टिप्पणीपछि सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक अभियान तीव्र रूपमा फैलिएको छ । 'कक्रोच जनता पार्टी' नाम दिइएको यो अभियान अहिले अनलाइन बहसको केन्द्र बनेको छ ।
प्रधानन्यायाधीश सूर्यकान्तले दिएको भनिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा यसलाई लिएर व्यापक चर्चा सुरु भएको हो । तर पछि उनले आफ्नो टिप्पणीलाई केही सञ्चार माध्यमले गलत ढङ्गले प्रस्तुत गरेको भन्दै स्पष्टिकरण दिएका थिए ।
प्रधानन्यायाधीश सूर्य कान्तले शुक्रबार एक वकिलले वरिष्ठ अधिवक्ताको दर्जा पाउन दायर गरेको याचिकाको सुनुवाइ गरिरहेका थिए । र यसक्रममा उनले दिएको अभिव्यक्ति विवादमा आएको हो ।
स्पष्टीकरण दिएपनि प्रधानन्यायाधीश सूर्य कान्तसहितको इजलासले भनेको थियो- 'समाजमा पहिले नै परजीवीहरू छन्, जसले प्रणालीमाथि आक्रमण गर्छन् । के तपाईं पनि उनीहरूसँग सामेल हुन चाहनुहुन्छ ? केही युवाहरू छन् जो रोजगारीको अभाव र आफ्नो पेशामा स्थान बनाउन नसक्दा साङ्ला (कक्रोच) जस्तै जताततै फैलिन्छन् । तिनीहरूमध्ये कोही मिडिया बन्छन्, कोही सामाजिक सञ्जालमा सक्रिय हुन्छन्, कोही आरटीआई कार्यकर्ता बन्छन्, कोही अन्य प्रकारका कार्यकर्ता बन्छन् र त्यसपछि सबैमाथि आक्रमण गर्न थाल्छन् ।'
त्यसपछि सुरु भएको 'काक्रोच जनता पार्टी' अभियान अहिले इन्टरनेटमा तीव्र रूपमा फैलिएको छ । यस नाममा वेबसाइट पनि तयार गरिएको छ भने सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा यसका ४० लाख भन्दा बढी फलोअर पुगेका छन् । साथै लाखौँ मानिसले वेबसाइटमार्फत सदस्यताका लागि दर्ता गरेको दाबी गरिएको छ ।
यस अभियानका संस्थापक तथा संयोजकका रूपमा अभिजीत दीपकेको नाम उल्लेख गरिएको छ । दीपकेले प्रधानन्यायाधीशको भनाइले युवालाई ‘कक्रोच’ र ‘परजीवी’सँग तुलना गरिएको जस्तो लागेपछि उनले यसलाई व्यङ्ग्यात्मक रूपमा जवाफ दिने सोच बनाए । उनका अनुसार यही असन्तोष र रिसबाट 'कक्रोच जनता पार्टी' नामको अनलाइन अभियानको विचार आएको हो ।
उनले सामाजिक सञ्जालमा युवाहरूको ठूलो संलग्नताका कारण अभियानले चाँडै गति लिएको बताए । छोटो समयमै ठूलो संख्यामा मानिसहरूले दर्ता गर्न थालेपछि वेबसाइट र घोषणापत्र तयार गरिएको उनको भनाइ छ ।
दीपकेले यो अभियानलाई केवल व्यङ्ग्य नभएर युवाको असन्तोष व्यक्त गर्ने माध्यम भएको दाबी गरेका छन् । उनका अनुसार केही चर्चित व्यक्तिहरूले समेत यसलाई समर्थन गरेका छन् ।
उनले आफ्नो व्यक्तिगत पृष्ठभूमिबारे बताउँदै महाराष्ट्रको छत्रपति संभाजीनगरबाट आफ्नो यात्रा सुरु भएको र पछि पुणेमा अध्ययन गरेको उल्लेख गरेका छन् । उनी केही समय राजनीतिक दलसँग पनि आबद्ध रहेको र पछि अध्ययनका लागि विदेश गएको बताएका छन् । उनका अनुसार यस अभियानको घोषणापत्रले वर्तमान राजनीतिक प्रणाली, न्यायपालिका र महिला प्रतिनिधित्वजस्ता विषय उठाएको छ । उनले भारतीय जेन–जी पुस्ता अन्य देशका आन्दोलनजस्तै हिंसात्मक नभई व्यङ्ग्य र डिजिटल माध्यमबाट आफ्ना असन्तोष व्यक्त गरिरहेको दाबी गरेका छन् । दीपकेका अनुसार यो अभियान अझै प्रारम्भिक चरणमा मात्र रहेको र आगामी दिनमा युवा आन्दोलनको नयाँ स्वरूप देखिन सक्ने उनले संकेत गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
-
राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट
-
जय नेपाल पार्टीले अघि सार्यो सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रको एजेन्डा
-
इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग
-
रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।