चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग २०० विमान खरिद गर्ने
६ जेठ, २०८३, बुधवार
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत साता बेइजिङमा भएको भेटपछि चीनले अमेरिकाबाट विमान खरिद गर्ने जानकारी सार्वजनिक भएको थियो ।
काठमाडौं: चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग २०० विमान खरिद गर्ने सम्झौता पुष्टि गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत साता बेइजिङमा भएको भेटपछि चीनले अमेरिकाबाट विमान खरिद गर्ने जानकारी सार्वजनिक भएको थियो ।
चीनको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको वक्तव्यमा उक्त सम्झौताअन्तर्गत अमेरिकाले विमानका इन्जिनका पुर्जा तथा अन्य आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्ने जनाएको छ ।
दुवै देशले गत वर्ष अक्टोबरमा रोकिएको कर युद्धलाई थप नियन्त्रणमा राख्ने दिशामा काम गर्न सहमति जनाएका छन्। साथै कम्तीमा ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा लगाइएको कर घटाउने प्रयास गर्ने समझदारीसमेत भएको छ ।
यो घोषणा सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता भइरहेका बेला आएको हो। ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै उक्त भेटवार्ता भएको हो ।
ट्रम्पले गत शुक्रबार चीनबाट फर्किने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै बोइङका २०० भन्दा बढी विमान खरिदसम्बन्धी सम्झौता भएको बताएका थिए। साथै उनले ७५० विमानसम्म खरिद गर्ने प्रतिबद्धता प्राप्त भएको दाबी गर्दै यसलाई अहिलेसम्मकै ठूलो अर्डर हुनसक्ने बताएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।