कक्रोच जनता पार्टीको लोकप्रियता बढ्दै, इन्स्टाग्राममा १ करोड १८ लाखभन्दा बढी फलोअर

७ जेठ, २०८३, बिहिवार
सारांश
  • इन्स्टाग्राममार्फत उनले सुरुमा खाता ह्याक गर्ने प्रयास भएको र त्यसपछि एक्स खाता भारतमा नदेखिने बनाइएको बताएका हुन् । उनले आफूहरूले कुनै गलत सामग्री नराखेको दाबी गरेका छन् ।

काठमाडौँ: भारतमा चर्चामा रहेको ‘कक्रोच जनता पार्टी’ अभियानका संस्थापक अभिजित दीपकेले आफ्नो एक्स खाता भारतमा बन्द गरिएको दाबी गरेका छन् ।

 

इन्स्टाग्राममार्फत उनले सुरुमा खाता ह्याक गर्ने प्रयास भएको र त्यसपछि एक्स खाता भारतमा नदेखिने बनाइएको बताएका हुन् । उनले आफूहरूले कुनै गलत सामग्री नराखेको दाबी गरेका छन् ।

 

भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवालाई ‘कक्रोच’ र ‘परजीवी’सँग तुलना गरेको अभिव्यक्तिपछि अनलाइनमा अभिजित दीपकेले ‘कक्रोच जनता पार्टी’ खोलेपछि भारतमा यसको लोकप्रियता बढिरहेको छ । यसले अभियानको रुप लिदै सामाजिक सञ्जालमा तीव्र चर्चा पाएको छ ।

 

यस अभियानको इन्स्टाग्राम खातामा चार दिनमै १ करोड १८ लाखभन्दा बढीले फलो गरेका छन् । यसका साथै अभियानको नाममा वेबसाइट पनि सञ्चालनमा आएको छ भने लाखौँले सदस्यताका लागि नाम दर्ता गराएको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार