काँग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री, रुलिङ गरेर बोलाउन सभामुखसँग माग

२०८३ वैशाख ३० बुधवार
सारांश
  • नेपाली काँग्रेसले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नभएको प्रति प्रश्न उठाएको छ ।

काठमाण्डौ, ३० वैशाख । नेपाली काँग्रेसले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नभएको प्रति प्रश्न उठाएको छ ।

 

बुधबारको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै काँग्रेसका सचेतक निस्कल राईले सरकारको नीति तथा कार्यक्रममाछलफल हुने बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै सभामुखको रुलिङको माग गरेका हुन् । उनले काँग्रेसले मंगलबारको बैठकमै प्रधानमन्त्रीको स्वास्थ्यको विषय उठाएको बताउदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको जवाफ दिनुपर्ने माग गरेका छन् । उनले भने- 'सदनमा मैले प्रधानमन्त्रीलाई देखेको छैन । उहाँ आफैले बनाएको नीति तथा कार्यक्रमको जवाफ दिने कार्यसूची रहेको छ ।'

 

सांसद राईले सभामुखले नै संसदको गरिमा बढाउनु पर्ने भन्दै रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गरेका थिए ।  

 

नीति तथा कार्यक्रममाथि सांसदहरूको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने भनिए पनि आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार