राष्ट्रिय सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुने

२०८३ वैशाख ३० बुधवार
सारांश
  • संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको हो ।

काठमाण्डौ, ३० वैशाख । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको हो ।

 

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख २८ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यकममाथि छलफल हुने कार्यसूची रहेको छ ।

 

प्रधानमन्त्री बालेन्द्र शाहले बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् भने आज छलफल शुरु हुने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार