नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने विपक्षी दलको अडान

२०८३ वैशाख ३० बुधवार
सारांश
  • प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलहरुले बहिष्कार गर्ने भएका छन् ।

काठमाण्डौ, ३० वैशाख । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलहरुले बहिष्कार गर्ने भएका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा काँग्रेसका नेता अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन नआएमा आफुहरु बैठकमा उपस्थित नहुने स्पष्ट गरेका छन् ।

 

उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा संसद छोडेर हिडेर प्रधानमन्त्रीले संसदको गरिमा नराखेको बताउदै यस विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको उल्लेख गरे ।  

 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सभामुखले बोलाएपछि विपक्षी दलहरुले विरोध गरिरहेका छन् । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार