- मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णय सार्बजनिक गरिएको छ ।
काठमाण्डौ, ३० वैशाख । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णय सार्बजनिक गरिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् ।
बैठकले विधुतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने पनि निर्णय गरेको छ भने भूमिसम्बन्धी २१ औँ संशोधन नियम २०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।
त्यस्तै, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।