- विशेषज्ञहरूका अनुसार जीएइएसएको क्युबाको अर्थतन्त्रमा अत्यन्त गहिरो प्रभाव छ । यो समूहले खुद्रा व्यापार, होटल, ट्राभल एजेन्सी, सवारी भाडा सेवा, वित्तीय संस्था तथा मुद्रा विनिमय सञ्जालसम्म नियन्त्रण गर्दै आएको छ । प्रतिवेदनहरूका अनुसार जीएइएसएको प्रभाव क्युबाको कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत क्षेत्रमा फैलिएको छ ।
काठमाडौँ: अमेरिकाले क्युबामाथि आर्थिक दबाब बढाउँदै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मारको रुबियोले ट्रम्प प्रशासनको निर्णयको बचाउ गर्दै प्रतिबन्ध क्युबाली जनतामाथि नभई सत्तासँग जोडिएको आर्थिक सञ्जाललाई लक्षित गरिएको बताएका छन् ।
नयाँ प्रतिबन्धको मुख्य निशानामा क्युबाको क्रान्तिकारी सशस्त्र सेनाले सञ्चालन गर्दै आएको विशाल व्यापारिक समूह जीएइएसए परेको छ । साथै क्यानडाको कम्पनी शेरिट इन्टरनेशनलसँग संयुक्त रूपमा सञ्चालित मोआ निकल परियोजनामाथि पनि प्रतिबन्ध लगाइएको छ । त्यसपछि शेरिट इन्टरनेसनलले क्युबाबाट आफ्नो व्यवसाय समेट्ने घोषणा गरेको छ । यससँगै क्युबामा कम्पनीको ३२ वर्ष लामो उपस्थिति अन्त्य हुने भएको छ ।
विशेषज्ञहरूले यी प्रतिबन्धले पहिले नै कमजोर अवस्थामा रहेको क्युबाको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताएका छन् । क्विन्सी संस्थानसँग आबद्ध अनुसन्धानकर्ता ली स्लेन्करका अनुसार नयाँ कानुनी अधिकारअन्तर्गत अमेरिकाले अब तेस्रो देशका कम्पनी र नागरिकमाथि पनि कारबाही गर्न सक्नेछ । उनका अनुसार त्यस्ता कम्पनीका अमेरिकी सम्पत्ति रोक्का गर्न सकिनेछ भने लगानीकर्ता र कर्मचारीको अमेरिका भ्रमणमा समेत असर पर्न सक्छ ।
क्युबा मामिलाका विज्ञ तथा अर्थशास्त्री पाभेल भिडालले यी कदमलाई अत्यन्त चिन्ताजनक भनेका छन् । उनका अनुसार क्युबाको अर्थतन्त्र पहिले नै लगभग ठप्प अवस्थामा पुगेको छ । जनवरीदेखि अमेरिकाले इन्धन आपूर्ति रोकेपछि अवस्था अझ खराब बनेको उनले बताएका छन् । नयाँ प्रतिबन्धपछि जीएइएसएसँग आबद्ध विदेशी साझेदारहरू पनि टाढिन सक्ने उनको भनाइ छ, किनकि धेरै कम्पनीले अमेरिकी प्रतिबन्धलाई चुनौती दिने जोखिम उठाउन चाहँदैनन् ।
विशेषज्ञहरूका अनुसार जीएइएसएको क्युबाको अर्थतन्त्रमा अत्यन्त गहिरो प्रभाव छ । यो समूहले खुद्रा व्यापार, होटल, ट्राभल एजेन्सी, सवारी भाडा सेवा, वित्तीय संस्था तथा मुद्रा विनिमय सञ्जालसम्म नियन्त्रण गर्दै आएको छ । प्रतिवेदनहरूका अनुसार जीएइएसएको प्रभाव क्युबाको कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत क्षेत्रमा फैलिएको छ ।
सन् १९९० को दशकमा सोभियत संघ विघटन भएपछि र अमेरिकी प्रतिबन्ध कडा बनेपछि क्युबाली सेनाले यो व्यापारिक संरचना निर्माण गरेको थियो । लामो समयसम्म यसको नेतृत्व पूर्वराष्ट्रपति राउल कास्ट्रोका ज्वाइँ लुइस अल्बर्टो रोड्रिगेज लोपेज–कालेजाले गरेका थिए । उनको निधनपछि अनिया गिलर्मिना लास्त्रेसलाई जीएइएसएको नयाँ प्रमुख बनाइएको थियो । अमेरिकाले अहिले उनलाई पनि कालोसूचीमा राखेको छ ।
यता क्युबा सरकारले अमेरिकी प्रतिबन्धलाई 'सामूहिक सजाय' को संज्ञा दिएको छ । हाभानाले अमेरिका राजनीतिक दबाब सिर्जना गर्न क्युबाको अर्थतन्त्र कमजोर पार्न खोजिरहेको आरोप लगाएको छ । यसबाट सर्वसाधारण नागरिकले ठूलो कठिनाइ भोग्नुपरेको क्युबाको भनाइ छ ।
क्युबा अहिले नै लामो विद्युत् तथा पानी कटौती, इन्धन अभाव र खाद्य आपूर्ति संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा नयाँ अमेरिकी प्रतिबन्धले त्यहाँको आर्थिक तथा मानवीय संकट अझ गहिरिने आशंका गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेसले १५औँ महाधिवेशनका लागि देशभर सदस्यता डिजिटल अद्यावधिक सुरु, देउवा–कोइराला समूह असन्तुष्ट
-
अमेरिकाले क्युबामाथि आर्थिक दबाब बढाउँदै, लगायो नयाँ प्रतिबन्ध
-
एक महिनामै ओलीको बाटोमा लागे बालेन- दुर्गा प्रसाई
-
सबै क्षेत्र समेटिने समावेशी बजेट ल्याइने : अर्थमन्त्री वाग्ले
-
कांग्रेस कार्यक्रममा आसन ग्रहण डेढ मिनेटमै सकिने नयाँ नियम लागू
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।